close

५० प्रतिशत अनुदानमा मिनी पावर वितरण गर्दै रुपनी

५० प्रतिशत अनुदानमा मिनी पावर वितरण गर्दै रुपनी

Trulli
ADVERTISEMENT

सप्तरी । रुपनी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनी पावर टिलर वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा मिनी पावर टिलर वा पावर टिलर वितरण गर्ने जनाएको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाले सो सामग्री वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने स्थानीय कृषक, सहकारी संस्था, तथा कृषि समूहले आवेदन माग भर्न सक्ने गाउँपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित फागुन २९ गतेभित्र आवेदन माग भर्न सक्ने गाउँपालिकाले जनाएको छ ।