close

बेरोजगारी सूचीमा सूचीकृत हुन खाँदबारीको अनुरोध

बेरोजगारी सूचीमा सूचीकृत हुन खाँदबारीको अनुरोध

Trulli
ADVERTISEMENT

संखुवासभा । खाँदबारी नगरपालिकाले बेरोजगारी सूचीमा सूचीकृत हुन स्थानीयलाई अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै बेरोजगारी सूचीमा सूचीकृत हुन अनुरोध गरेको जनाइएको छ । 

नगरपालिकाको अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नेपाल सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम , युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (आइडिए) अन्तर्गत कार्यक्रमको लागि बेरोजगारी सूचीमा सूचीकृत हुन अनुरोध गरिएको हो । 

नगरपालिकाको तोकिएको ढाँचामा फागुन मसान्तभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।