close

पालिकाको लोगो डिजाइनका लागि खुल्ला प्रस्तावना आह्वान

पालिकाको लोगो डिजाइनका लागि खुल्ला प्रस्तावना आह्वान

Trulli
ADVERTISEMENT

दैलेख। गुराँस गाउँपालिकाले पालिकाको वृस्तित पहिचान झल्काउने आफ्नै लोगो राख्ने भएको छ । जसको लागि मंगलबार एक सुचना प्रकासित गर्दै पालिकाको लोगो बनाउन खुल्ला प्रस्तावना आह्वान गरिएको छ। 

गाउँपालिकाले पठाइएका लोगो मध्ये उत्कृष्ठ लोगोलाई पालिकाले लोगोको रुपमा प्रयोग गर्ने छ । उत्कृष्ठ लोगो बनाउनेलाई एघार हजार एक सय एघार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने पालिकाले जनाएको छ । 

यही फागुन २३ गनेसम्म पालिकाको इमेल तथा कार्यालयमा पठाइएका लोगो मात्र प्रतिस्पर्धामा सामेल हुने पालिकाले जारी गरको सुचनामा उल्लेख छ।