close

सहकारीका लागि कोपोमिसको तालिम

सहकारीका लागि कोपोमिसको तालिम

Trulli
ADVERTISEMENT

लमजुङ । सुन्दरबजार नगरपालिकाले कोपोमिस तालिम तथा अभिमुखीकरण तालिममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण सहकारी संस्थालाई सो कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको हो । 

नगरपालिकाको अनुसार कोपोमिसको प्रयोगको सम्बन्धमा सहकारी संस्थाका कर्मचारीका लागि तीन दिन तालिम सञ्चालन गरिने छ । तालिम फागुन २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको अनुसार तालिम नगर कार्यपालिकाको भवनमा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने छ । तालिममा सहभागी हुनका लागि पालिकामा आवेदन भर्न नगरपालिकाले अनुरोध गरेको जनाइएको छ ।