close

लुङ्ग्रीमा कर्मचारी माग

लुङ्ग्रीमा कर्मचारी माग

Trulli
ADVERTISEMENT

रोल्पा । लुङ्ग्री गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सेवा करारमा रोजगार संयोजकमा एक जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रको लागि कर्मचारी माग गरेको हो । सो पदमा योग्यता पुगेका स्थानीय बासिन्दाले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।

आवश्यक कागजातसहित रु १००० रुपैयाँ दस्तुर बुझाएर आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच योग्यताक्रमको आधारमा लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षामार्फत योग्य व्यक्ति छनोट गरिने गाउँपालिकाले जनाएको छ ।