close

७८ दिने तालिममा सहभागी हुन गोकर्णेश्वरको अनुरोध

७८ दिने तालिममा सहभागी हुन गोकर्णेश्वरको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले तालिममा सहभागी हुन स्थानीयबासीलाई अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तालिममा सहभागी हुन स्थानीयलाई अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पश्मिना उद्योग संघको आयोजनामा ७८ दिने तालिम सञ्चालन गर्न लागेको हो । तालिममा स्वेटर बुनाई, पश्मिना तथा उनिजन्य शल, टोपि, पन्जा तथा अन्य पोशाक सिलाई, जुडाईसम्बन्धि तालिम सञ्चालन गर्न लागेको हो । 

तालिममा सहभागी हुन फागुन मसान्तभित्र पालिकामा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । दलित, महिला, आदिवासी तथा जनजाती र खुल्लाबाट ३० जना स्थानीयवासीलाई तालिममा सहभागी गराउने सो सूचनामा उल्लेख गरिएको  छ ।