close

नारी दिवसको अवसरमा थबाङमा प्रतियोगिता

नारी दिवसको अवसरमा थबाङमा प्रतियोगिता

Trulli
ADVERTISEMENT

रोल्पा । थबाङ गाउँपालिकाले नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै फागुन २४ गते नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

सूचनाको अनुसार सो दिन र्याली, वक्तृत्वकला प्रतियोगिता, लोक दोहोरी र म्युजिकल चियर प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिलाई सहभागी हुन गाउँपालिकाले सोही सूचनामार्फत अनुरोध गरेको छ । 

सहभागी हुन चाहने व्यक्ति तथा संस्थाले फागुन २३ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिकाको कार्यपालिका भवनमा विहान साढे ७ बजेदेखि सुरु हुने गाउँपालिकाले जनाएको छ ।