close

लमहीमा गर्भाधान कार्यकर्ता माग

लमहीमा गर्भाधान कार्यकर्ता माग

Trulli
ADVERTISEMENT

दाङ । लमही नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा तीन जना कर्मचारी माग गरेको हो । 

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार लमही पालिकाभित्र गाई भैंसीमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्नको लागि कार्यकर्ता आवश्यक परेकोले तीन जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन २९ गतेभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । जेटिए  तालिम प्राप्त वा ग्रामीण पशु स्वास्थय तालिम प्राप्त व्यक्तिले प्रमाणपत्रसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।