close

रामपुरमा शीत भण्डार सञ्चालनमा ल्याइने

रामपुरमा शीत भण्डार सञ्चालनमा ल्याइने

Trulli
ADVERTISEMENT

पाल्पा । रामपुर नगरपालिकाले शीतभण्डार सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बुधबार एक सूचना प्रकासित गर्दै शीत भण्डार सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाले कृषि पशु सेवा केन्द्र परिसरमा निर्माण भएको शित भण्डार सञ्चालनको लागि फागुन २१ गते बसेको नगर कार्यपालिकाले बैठकले स्वीकृत गरेको पालिकाले जनाएको छ । शीत भण्डार सञ्चालन गर्नको लागि वडा नम्बर ५ को सूर्योदय कृषि सहकारी संस्थालाई व्यवस्थापकीय जिम्मेवारी तोकिएको नगरपालिकाले जनाएको छ । 

शीत भण्डार सञ्चालनमा आएसँगै स्थानीय कृषकले आलुलगायतको तरकारी भण्डारणको लागि लैजान सक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सोही सूचनामार्फत शीत भण्डारणको लागि आवश्यक सल्लाह र सहयोग गर्न अनुरोध गरेको जनाइएको छ ।