close

सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दै सूर्यविनायक

सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दै सूर्यविनायक

Trulli
ADVERTISEMENT

भक्तपुर। सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ । 

नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ बमोजिम प्रधानाध्यापक नियुक्ति गर्न लागिएको हो। नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै तोकिएको योग्यता पुगेका व्यक्तिले प्रधानाध्यापक पदमा दरखास्त पेश गर्न सक्ने जनाइएको छ।

सुचना प्रकासित भएको १५ दिन भित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद उपशाखामा आफै उपस्थित भइ दरखास्त दिन नगरपालिकाले अनुरोध गरेको छ ।