close

वीरेन्द्रनगरमा एक स्थानीय तह एक बाली विशेष कार्यक्रम सञ्चालन

वीरेन्द्रनगरमा एक स्थानीय तह एक बाली विशेष कार्यक्रम सञ्चालन

Trulli
ADVERTISEMENT

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले एक स्थानीय तह एक बाली विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, सहकारी संस्था, कृषि समूहले प्रस्ताव माग गर्न सक्ने नगरपालिकाले जनाएको छ । 

इच्छुक संस्थाले आवश्यक कागजातसहित सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । कार्यक्रम एक पटक मात्रै सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।