close

रैथाने बाली संरक्षण गर्दै रामेछाप

रैथाने बाली संरक्षण गर्दै रामेछाप

Trulli
ADVERTISEMENT

रामेछाप । रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाको ५० प्रतिशत अनुदानमा बाली संरक्षण कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो । 

इच्छुक पुगेका स्थानीय व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाले १० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको सो सूचनामा उल्लेख गरिएको छ ।