close

अजिरकोटमा ढाका बुन्ने तालिम

अजिरकोटमा ढाका बुन्ने तालिम

Trulli
ADVERTISEMENT

गोरखा। अजिरकोट गाउँपालिकाले ढाका बुन्ने तालिम सञ्चालन गर्ने भएको छ।  आर्थिक वर्ष २०७९/८० को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत महिला उद्यमशीलता विकासको लागि उक्त तालिम सञ्चालन गर्न लागिएको हो। 

गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै चैत १० गतेबाट एक महिना पन्ध्र दिन तालिम सञ्चालन हुने जनाएको छ । तालिममा सहभागि हुन इच्छुक पालिकामा स्थायी बसोबास गर्ने महिलाले गाउँपालिकाको महिला तथा बालबालिका विकास शाखामा ७ दिनभित्र आवेदन पेश गर्नुपर्ने सुचनामा उल्लेख छ ।