close

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडा सरकार

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडा सरकार

Trulli
ADVERTISEMENT

काठमाडौं। गोकर्णेश्वर नगरपालिकामा ज्येष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता लिइरहेका लाभग्राहीलाई सम्मान गरिने भएको छ । नगरपालिकाको वडा नं ८ को कार्यालयले सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा लगायतका लाभग्राहीलाई सम्मान गर्ने भएको छ। 

यहि चैत ७ गते वेशिगाउँस्थित वडा कार्यालय परिसरमा बिहान ८ बजे सम्मान कार्यक्रम सञ्चालन हुने वडाले एक सुचना जारी गर्दै जनाएको छ । उक्त स्थानमा सामाजिक सुरक्षा भत्ता परिचय पत्रसहित उपस्थित हुन स्थानिय लाभग्राहीलाई वडा कार्यालयले अनुरोध गरेको  छ ।