close

पशुपालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै पनौती

पशुपालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै पनौती

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाले पशुपालन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सोमबार एक सुचना जारि गर्दै वडा नं ४,५,६,७,८,९ र ११ मा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ । 

कार्यक्रममा सहभागि हुन इच्छुक सम्बन्धित वडाका कृषक समुह, समिति, नीजि फार्महरुले सुचना प्रकासन भएको मितिले २१ दिन भित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न सक्नेछन्। कार्यक्रममा गोठको संरचना विस्तार, मर्मत, काउम्याट, च्याफ कटर आदी सामाग्री, घाँस खेती विस्तार तथा घाँसको प्रशोधन जस्ता कृयाकलाप सञ्चालन हुने सुचनामा उल्लेख छ।