close

रुरुक्षेत्रमा मदिराजन्य वस्तुको होर्डिङ बोर्ड राख्न नपाइने

रुरुक्षेत्रमा मदिराजन्य वस्तुको होर्डिङ बोर्ड राख्न नपाइने

Trulli
ADVERTISEMENT

गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले मदिराजन्य वस्तुको होर्डिङ बोर्ड हटाउन निदेशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाक्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको हो । 

गाउँपालिकाको अनुसार सर्बोच्च अदालतले गत फागुन ११ गते कुनै पनि सञ्चार माध्यममा मदिराजन्य सामग्रीको विज्ञापन गर्न नपाइने र विज्ञापन बोर्डले फागुन २६ गते बसेको बैठकले होर्डिङ बोर्डमा समेत विज्ञापन गर्न नपाइने निर्णय गरेकोले निर्देशन दिइएको हो । 

सो कार्यान्वयनका लागि चैत १२ गते बसेको कार्य पालिकाको बैठकले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको जनाइएको छ । पालिकाको निर्देशन बमोजिम बोर्ड नहटाएमा सम्बन्धित व्यक्ति तथा संस्थालाई कानुन बमोजिम सजाय दिने गाउँपालिकाले जनाएको छ ।