close

७५ प्रतिशत अनुदानमा विरुवा वितरण गर्दै कुम्मायक

७५ प्रतिशत अनुदानमा विरुवा वितरण गर्दै कुम्मायक

Trulli
ADVERTISEMENT

पाँचथर । कुम्मायक गाउँपालिकाले वर्षे फलफूलको विरुवा माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै फलफूलको विरुवा माग गर्न अनुरोध गरेको हो । 

 चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्न लागेको हो । गाउँपालिकाले लिचि, आँप र एभोकार्डाको विरुवा वितरण गर्न लागेको जनाइएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले आवश्यक कागजातसहित बैशाख ११ गतेभित्र माग आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।