close

निःशुल्क वर्षे घाँसको वीउ वितरण गर्दै धरान

निःशुल्क वर्षे घाँसको वीउ वितरण गर्दै धरान

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाले टियोसेन्टी घाँसको वीउ निःशुल्क वितरण गर्ने भएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै घाँसको वीउ वितरण गर्ने जनाएको छ । 

उपमहानगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप निःशुल्क घाँसको वीउ वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने उपमहानगरपालिकाले जनाएको छ  ।

घाँसको वीउ चैत २६ गते बिहान साढे १० बजेदेखि वितरण गरिने छ । उपमहानगरको पशुपन्छी विकास शाखाबाट वितरण गरिने जनाइएको छ ।