close

स्यानिटरी प्याड बनाउने तालिम दिँदै हेटौंडा

स्यानिटरी प्याड बनाउने तालिम दिँदै हेटौंडा

Trulli
ADVERTISEMENT

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले स्यानिटरी प्याड बनाउने तालिम दिने भएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै प्याड बनाउने तालिम दिन लागेको जनाएको हो ।

उपमहानगरपालिकाको अनुसार उपमहानगरको आर्थिक सहयोग र नमस्ते नेपालको प्राविधिक सहयोगमा सो तालिम सञ्चालन गर्न लागेको हो । तालिम १५ दिनसम्म सञ्चालन हुने उपमहानगरले जनाएको छ । 

तालिममा सहभागि हुन चाहने व्यक्तिले बैशाख ५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । पासपोर्ट साइजेको २ वटा फोटो र नागरिकताको प्रतिलिपीसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको  छ  ।