close

पञ्चपुरीले कृषि सहकारीहरुलाई अनुदानमा मल वितरण गर्ने

पञ्चपुरीले कृषि सहकारीहरुलाई अनुदानमा मल वितरण गर्ने

Trulli
ADVERTISEMENT

सुर्खेत। पञ्चपुरी नगरपालिकाले कृषि सहकारीहरुलाई अनुदानमा मल वितरण गर्ने भएको छ । नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै पालिका क्षेत्रभित्र दर्ता भएका कृषि सहकारीलाई अनुदानमा मल वितरण गर्ने जनाएको हो।

अनुदानमा मल लिनको लागि कृषि सहकारीलाई नगरपालिकाको कृषि उपशाखामा ७ दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ। कृषि सहकारिसँग गोदाम घर र ५० किलोग्रामसम्म जोख्न सक्ने ढक तराजु उपलब्ध हुनुपर्ने नगरपालिकाले जनाएको छ।