close

गर्मीका कारण बिष्णुपुरका विद्यालय एक साता बन्द

गर्मीका कारण बिष्णुपुरका विद्यालय एक साता बन्द

Trulli
ADVERTISEMENT

सप्तरी । बिष्णुपुर गाउँपालिकाले आगामी आइतबारदेखि विद्यालय बन्द गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालय बन्द गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार शुक्रबार बसेको कार्यपालिका बैठकले आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विगत केहीदिन यता बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनका साथै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परेकोले बन्द गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाले आगामी शुक्रबारसम्म विदा दिने र सो वर्षे विदामा कटौती गरिने सो सूचनामा उल्लेख गरेको छ ।