close

काठमाडौं महानरपालिकाले ‘करिएर क्याम्प’ कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं महानरपालिकाले ‘करिएर क्याम्प’ कार्यक्रम सञ्चालन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानरपालिकाले ‘करिएर क्याम्प कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरको सहरी योजना आयोगको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बिहिबार एक सूचना जारी गर्दै महानगरले जनाएको छ । 

अर्वान प्लानिङ्ग, सिभिल इन्जिनियरिङ्ग तथा आर्किटेक्चर विषयमा न्युनतम स्नातक तह उत्तीर्ण भएका २२ जनालाई 'करिएर क्याम्प'मा महानगरले संलग्न गराउने भएको हो । 

यस कार्यक्रमअन्तर्गत २२ जनालाई ९ महिनाको पुर्णकालिन प्रशिक्षार्थीको रुपमा लिई महानगरपालिकाले सञ्चालन गर्ने आयोजनाहरुको संरचनागत प्रारुप तयार गर्ने, ड्रइङ डिजाइन गर्ने र लागत अनुमान तगार गर्ने तथा महानगबाट हुन्दै गरेका निर्माण कार्यहरुको सुपरिवेक्षण तथा प्रतिवेदन तयार गर्ने काममा खटाइने महानगरपालिकाले जनाएको छ । 

यस कार्यक्रमले प्रशिक्षार्थीहरुलाई सहरी विकास तथा सहरीकरणको वर्तमान अवस्थाबारेमा जानकारी गराउने र वृत्ती विकासका लागि सिकाइको अवसर प्रदान गर्ने महानगरको विश्वास छ । साथै, युवाहरुलाई काठमाडौं महानगरपालिकाको विकास तथा योजना पद्धतीबारे प्रशिक्षित गर्दै शासन प्रणालीमा परिचालन गर्न सहयोग पुग्ने महानगरले जनाएको छ । 

यस कार्यक्रममा सहभागि हुन इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको १५ दिनभित्र महानगरपालिकामा आवेदन पेश गर्न अनुरोध गरिएको छ। महानगरको वेबसाइटमा गएर आवेदन दिन सकिइने सूचनामा उल्लेख छ ।