close

विद्यालयको लेखापरीक्षणको लागि आवेदन माग

विद्यालयको लेखापरीक्षणको लागि आवेदन माग

Trulli
ADVERTISEMENT

भक्तपुर - चाँगुनारायण नगरपालिकाले लेखापरीक्षकको लागि आवेदन माग गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गरी लेखापरीक्षकको आवेदन माग गरेको हो । 

सूचनाका अनुसार पालिका क्षेत्रभित्र  सञ्चालित सामुदायिक विद्यालयको आर्थिक वर्ष २०७९/०८० को आयव्याय तथा भौतिक पक्षको अन्तिमलेखा परीक्षण गर्नुपर्ने भएकोले आवेदन माग गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थामा दर्ता भएका लेखा परीक्षकले असोज १० गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

इच्छुक लेखापरीक्षकले फर्म नवीकरण गरेको प्रमाण पत्रको प्रतिलिपि, स्थायी लेखा नम्वर दर्ता प्रमाणपत्रको प्रतिलिपि, लेखा व्यावसायी फर्म दर्ताको प्रतिलिपि, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको प्रतिलिपि, आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपिसहित आवेदन दिन सक्नेछन् ।