close

तीन महिनाभित्र भवन निर्माणको इजाजत लिन बूढानीलकण्ठको निर्देशन

तीन महिनाभित्र भवन निर्माणको इजाजत लिन बूढानीलकण्ठको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौँ - बूढानीलकण्ठ नगरपालिकाले भवन निर्माणमा ईजाजत नलिएका निर्माण कम्पनीलाई समयसीमा तोकेको छ । नगरपालिकाले पालिकाभित्र निर्माण भएको भवनहरुको अभिलेखिकरणका लागि  समयसीमा तोकेको हो । 

नगर कार्यपालिकाको २७ औ बैठकको निर्णय अनुसार मापदण्ड विपरित निर्माण गरिएका भवनहरु तीन महिनाभित्र अभिलेखीकरण गर्न समयसीमा निर्धारण गरेको नगरपालिकाले जनाएको छ ।  

नगरपालिकाले असोज १ गतेबाट लागू हुने गरी ६ महिनासम्म निर्माण कम्पनीलाई समयसीमा तोकिएको प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले बताए । निर्मित भवन नगरपालिकाको प्रचलित मापदण्डभित्र रहेको हकमा असोज १ गतेबाट लागू हुने गरी ३ महिनाको समयसीमा तोकिएको जनाएको छ ।