close

सहकारी संस्थालाई गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सूचीकृत गर्नू

सहकारी संस्थालाई गाउँपालिकाको निर्देशन : ७ दिनभित्र सूचीकृत गर्नू

Trulli
ADVERTISEMENT

धादिङ - त्रिपुरासुन्दरी गाउँपालिकाले सहकारी संस्थालाई सूचीकृत हुन निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालित सहकारी संस्थालाई सूचीकृत हुने निर्देशन दिएको हो । 

साविक जिल्ला सहकारी संस्थामा दर्ता भई गाउँपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थालाई दर्ता हुन निर्देशन दिएको जनाइएको छ । गाउँपालिकाले सूचीकृत हुनका लागि यस अघि सूचना जारी गरेपनि सीमित सहकारी मात्रै दर्ता भएकाले पुन दोस्रो पटक सूचना प्रकासित गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद पराजुलीका अनुसार साविक जिल्ला डिभिजन सहकारी कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा  दर्ता प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रतिलिपि, पछिल्लो आर्थिक वर्षको लेखा परिक्षणको प्रतिवेदन र गाउँपालिकामा राजस्व तिरेको रसिदसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।