close

शङ्काष्पद वस्तु पड्किँदा चार जना घाइते

शङ्काष्पद वस्तु पड्किँदा चार जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३  चुसाङको तेताङ वन क्षेत्रमा शङ्कास्पद वस्तु पड्किँदा चार जना घाइते भएका छन् । 

जिम्मु टिप्न गएका  १२ जनामध्ये चारजनाले ओडारमा रहेको शङ्कास्पद वस्तु चलाएको, र सो बस्तु पड्किँदा चारजना घाइते भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष श्री रिङजिन नामगेल गुरुङले जानकारी दिए । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था सामान्य रहेको उनले बताए । 

घाइतेहरूलाई पालिकाकै खर्चमा उपचार सामान्य उपचारपछि गम्भीर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको उनले बताए । 

उनले भने, ‘पहाडको बाटो बर्खामास भत्किएको थियो । हामीले रातभर डोजर लगाएर बाटो बनाएर गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाएका छौँ ।’    

गम्भीर घाइतेलाई पालिकाकै खर्चमा सामान्य उपचार गराएर २० हजार रुपैयाँ दिएर पठाएको उनले बताए । घाइतेलाई म्याग्दीको मालिकाका अध्यक्षसँग समन्वय गरी जिम्मा लगाएको उनले बताए । 

घाइतेहरू सबै म्याग्दीको मालिका गाउँपालिकाका भएको उनको भनाइ छ ।  

यस्तै, म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले घाइतेको अवस्था खतरामुक्त रहेको बताए ।