close

डोलेश्वर महादेव मन्दिरबाट फर्किएको बस दुर्घटना हुँदा १४ जना घाइते

डोलेश्वर महादेव मन्दिरबाट फर्किएको बस दुर्घटना हुँदा १४ जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । सूर्यविनायक नगरपालिका-८ सिपाडोलमार रहेको डोलेश्वर महादेव मन्दिरबाट फर्किँदै गरेको बस दुर्घटना हुँदा दर्शनार्थी घाइते भएका छन् । 

महादेवको दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 
   
लेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरीले जानकारी दिएको छ । 

बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा इवामुरा मेमोरियल अस्पताल पुग्नुभएका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एक जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा र चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।