close

काठमाडौं महानगरपालिका–३२ मा घरबाट खसेर एक जनाको  मृत्यु​​​​​​

काठमाडौं महानगरपालिका–३२ मा घरबाट खसेर एक जनाको  मृत्यु​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरमा एक जनाको घरको दुई तलामाथिबाट खसेर मृत्यु भएको छ । 

बिहीबार बिहान चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका ५६ वर्षीय चित्र बहादुर तामाङको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कोटेश्वरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।