close

सरुमारानी गाउँपालिकामा जीप दुर्घटना हुँदा ९ घाइते

सरुमारानी गाउँपालिकामा जीप दुर्घटना हुँदा ९ घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटना भएको प्रहरी कार्यालय प्यूठानले बताएको छ । 

घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८घाइते भएका छन् । 

घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको प्रहरीले बताएको छ । 

गाडीमा चालक सहित १४ जना सवार थिए ।