close

गाईभैँसी सुत्केरी भए ककनीका किसानलाई ३ हजार उपहार

गाईभैँसी सुत्केरी भए ककनीका किसानलाई ३ हजार उपहार

Trulli
ADVERTISEMENT

नुवाकोट– ककनी गाउँपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गर्नका लागि यस वर्ष पनि गाईभैँसीलाई सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा ल्याएको छ ।


गएको वर्षदेखि सञ्चानमा ल्याइएको नमुना कार्यक्रमअन्तर्गत रहेको गाईभैँसीलाई सुत्केरी भत्ता कार्यक्रम लोकप्रिय रहेको थियो । यसैका कारण पशुपालनतर्फ किसान आकर्षित भएसँगै यस वर्ष पनि कार्यक्रमलाई नितरन्तरता दिइएको गाउँपालिका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिइन् ।


उनका अनुसार एक जना किसानले पालेका जतिवटा गाईभैँसी सुत्केरी भए पनि एउटाका लागी मात्र सुविधा उपलब्ध गराउने कार्यविधि भएकाले एक जना किसानले एक आर्थिक वर्षमा तीन हजार रुपैयाँ मात्र पाउने व्यवस्था रहेको छ ।


गाईभैँसीँ सुत्केरी भइसके पनि तीन हजार रुपैयाँ सुत्केरी भत्ताका लागि किसानले रकम माग गरेर निवेदन र साथमा वडा कार्यालयको सिफारिस, सुत्केरी पशुको माउ–बच्चाको फोटो र किसानको नागरिकताको फोटोकपी समावेश भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।


अघिल्लो वर्ष छ लाख रुपैयाँ बजेट तर्जुमा गरेको गाउँपालिका गाईभैँसीँ सुत्केरी भत्ताअन्तर्गतको बजेट अपुग भएकाले यस वर्ष बजेट वक्तव्यमार्फत १० लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ । अपुग भएमा पूरक बजेटमार्फत थप बजेट ल्याउने गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।