close

माछा संरक्षणमा जुट्यो पुतलीबजार नगरपालिका (भिडियो खबर)

माछा संरक्षणमा जुट्यो पुतलीबजार नगरपालिका (भिडियो खबर)

ADVERTISEMENT

स्याङ्जा- नेपालमा पछिल्लो समय मानवीय क्रियाकलपले माछा संकटमा पर्दै गएका छन् । बढ्दो शहरीकरण तथा औद्योगिकरण र बालुवा संकलन बढ्दा क्रमिक रूपमा खोलामा माछा घट्दो अवस्थामा छन् । अझ, स्याङ्जाको आँधीखोलामा त लोपोन्मुख शहर जातका माछा पाउनै छाडेका छन् । त्यसैले पनि स्थानीय सरकारको पहलमा ५ हजार माछाको भुरा छाडिएको छ । 


धार्मिक तथा ऐतिहासिक महत्व बोकेको आँधीखोलामा लोपोन्मुख शहर जातको माछा संरक्षणका लागि ५ हजार माछाको भुरा छाडिएको हो । यसबाट लोपोन्मुख अवस्थामा रहेको स्थानीय माछाको संरक्षण हुनेछ भने माझी समुदायको आयआर्जन समेत वृद्धी हुनेछ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गण्डकी प्रदेश सरकार र स्थानीय सरकार पुतलीबजार नगरपालिकाको संयुक्त कार्यक्रम अन्तर्गत स्थानीय शहर जातको माछाको भुरा छाडेको हो ।

 

स्थानीय जातको शहर माछा लोपोन्मुख अवस्थामा पुगेको भन्दै संरक्षणका लागि भुरा आँधीखोलामा छाडिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले जनाएको छ । लोपोन्मुख माछाको संरक्षण गर्दै माझी समुदायलाई आयआर्जन सँग जोडाउने योजना रहेको छ ।


अबैध खाेला दोहन हुँदा पछिल्लाे समय आँधीखोलामा पाईने जलचर तथा थलचर लोप हुदै गएका छन् । आँधीखोलामा धेरै प्रजातीका माछा पाइन्थे । खोलामा माछा नहुँदा माझीको आयआर्जन पनि घटेको छ । आँधीखोलाको सभ्यता संरक्षण गर्ने अभियान सुरु गरेको नगरपालिकाले जनाएको छ ।


स्याङ्जाको आँधीखोलाको धार्मिक तथा ऐतिहासिक महत्व छ । यो खोलाको महिमा धार्मिक ग्रन्थमा समेत उल्लेख गरिएको पाईन्छ । श्रवण कुमारले आफ्ना दृष्टिविहिन माता पितालाई तीर्थ ब्रत गराउने क्रममा राजा दशरथको वाणले लागेर मृत्यु भएपछि पुत्र बियोगमा श्रवणकुमारका माता पिताले बगाएको अंश्रुधाराबाट आँधीखोलाको उत्पती भएको विश्वास गरिन्छ ।