close

नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने

नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकामा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाइएको छ ।

 

नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नगरभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका विषयमा छलफल सुहरू भएको हो ।

 

सोही क्रममा बुधबार नगरपालिकामा नगर प्रमुख टिपी शर्मा तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाबीच छलफल भएको छ । 

 

छलफलले नगरपालिकाभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया सुहरू गर्ने निष्कर्ष निकालेको छ । 

 

बैठकमा नगरप्रमुख तिमल्सिनाले आफू निर्वाचित हुनुअघि नगरबासीसँग गरेको प्रतिबद्धताअनुसार नगरमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको पहल गरिएको बताए ।

 

उनले मंगलबार काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका निर्देशक जमाल उद्दीन अहमदसँगको छलफलमा नगरपालिकाभित्र कृषि क्षेत्रको विकासका लागि सहकार्य गर्ने सहमति भएको जानकारी दिए । 

 

पशु र कृषिसँग सम्बन्धित कार्यक्रम संयुक्त रूपमा गर्न सार्कको समेत सहभागिता गराइने उनको भनाइ छ । ‘नमोबुद्ध नगरपालिका कृषि र पशुपालनको क्षेत्रमा अब्बल नगर हो । यसको थप प्रवद्र्धनका लागि अनुसन्धान केन्द्र स्थापना हुनु जहरूरी छ,’ तिमल्सिनाले भने ।

 

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. थापाले पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका लागि नगरपालिका उपयुक्त रहेकाले प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए । 

 

नमोबुद्ध नगरपालिकाले वडा नम्बर ५ मा कृषि अनुसन्धान केन्द्र स्थापनाको पहल अघि बढाइसकेको
छ । नगरपालिकाले पशुपालनलाई प्रवद्र्धन गर्न अघिल्लो आर्थिक वर्षदेखि नगरका विभिन्न वडामा उन्नत जातका भैँसीका पाडी वितरण सुहरू गरिसकेको छ भने यो वर्ष पनि त्यसलाई निरन्तरता दिँदै छ ।

 

यस्तै, अघिल्लो आर्थिक वर्षबाटै विभिन्न वडामा उन्नत जातका पाठी वितरण सुहरू भइसकेको छ । 

 

नगर प्रमुख तिमल्सिनाले चुनावमा नगरभित्र प्राविधिक विद्यालय स्थापना र प्राविधिक शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएअनुसार नमोबुद्धको वडा नम्बर ४ मा रहेको जनक माविमा उनी निर्वाचित भएलगत्तै पशु विज्ञान संकायको अध्ययनसमेत सुहरू भइसकेको छ । 

 

नगर प्रमुख तिमल्सिनाका अनुसार नगरमा उत्पादित दूध प्रशोधन केन्द्र स्थापना, आधुनिक वधशाला निर्माणलगायत योजना अघि सारिएको छ ।

 

छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, काठमाडौं विश्वविद्यालयका अन्य अधिकारीलगायत उपस्थिति थिए ।

 

काठमाडौं विश्वविद्यालयको टोलीले पशु विज्ञान संकायको अध्ययन भइरहेको जनक माविको अवलोकनसमेत गरेको छ । 

 

नमोबुद्धको वडा नम्बर १० मा यसअघि नै स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाको निर्णय भइसकेको छ । नगरपालिकाले जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै धुलिखेल अस्पतालले अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाएको छ ।