close

बेलकामा बन्ने भो पाँचसय टन क्षमताको चिस्यान केन्द्र 

बेलकामा बन्ने भो पाँचसय टन क्षमताको चिस्यान केन्द्र 

Trulli
ADVERTISEMENT

उदयपुर(बेलका)- किसानको सुविधाका लागि उदयपुरको बेलका नगरपालिका वडा नं १ आम्बासिमा  चिस्यान केन्द्र  स्थापना गरिने भएको छ । स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै जाँदा  बेलका नगरपालिकामा  चिस्यान केन्द्र  स्थापना गर्न लागिएको हो । 

 

प्रदेश नं १  भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री कला घले, बेलका नगरपालिका प्रमुख दुर्गा कुमार थापा, उप प्रमुख राजकुमारी चौधरी, सप्तकोशी नगरपालिका प्रमुख उत्तम गौतम, चौदण्डिगडी नगरपालिका प्रमुख खगेन्द्र राईले संयुक्त रुपमा चिस्यान केन्द्रको  शिलन्यास गरे ।

 

प्रदेश सरकार बाट २ करोड र बेलका नगरपालिकाको १ करोड गरी ३ करोडमा  करिब ५०० टन क्षमताको चिस्यान केन्द्र स्थापना गर्न लागिएको हो । ६ वटा च्याम्बर  निर्माण हुने चिस्यान केन्द्रमा ४ वटा च्याम्बर तरकारी तथा फलफुल राख्न रै २ वटा च्याम्बरमा मासु तथा दूध स्टोर गरिनेछ ।

 

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश १  भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री घलेले स्थानीय स्तरका किसानसम्म अनुदान नपुगेको बताइन् । आगामी दिनमा वास्तविक किसान पहिचान गरि  अनुदान र सहयोग गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने उनको भनाइ छ । 

 

आगामी ७ असोजभित्रै निर्माण सम्पन्न गर्ने उदेश्यले  चिस्यान केन्द्रको सिलन्यास गरिएको बेलका नगरपालिका प्रमुख दुर्गा कुमार थापाले बताए । नगरको गौरबको योजना भएकाले समयमै काम सम्पन्न गर्ने गरी कामलाई निरन्तरता दिने बताउदै थापाले बेलका नगर लगायत छिमेकी पलिकाका किषानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल अब नष्ट नहुने बताए । 


चिस्यान केन्द्र स्थापनाको लागि ट्रस भवन निर्माण बिजि कन्ट्रक्सनले जिम्मा पाएको छ भने कोल्ड स्टोरको सामग्री सप्लाई गरि जडान गर्न काठमाडौ कोल्ड स्टोर एन्ड रेफ्रीजेरेसन उद्योगले जिम्मा पाएको छ ।