close

पर्सागढीका किसानले पाए ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी

पर्सागढीका किसानले पाए ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी

Trulli
ADVERTISEMENT

पर्सा– जिल्ला कृषि ज्ञान केन्द्र पर्साले पर्सागढी नगरपालिका वडा नम्बर ३ झुलीटारमा रहेको सुनाखरी कृषि सहकारी संस्थामा संगठित १ सय किसानलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरेको छ ।

 

बाली वृद्धि विकासअन्तर्गत गहुँ ब्लक क्षेत्र कार्यक्रम लागू गरेको पर्सागढी नगरपालिकाले वडा नम्बर ३ झुलीटारमा रहेको सुनाखरी कृषि सहकारी संस्थासँग आबद्ध किसानलाई ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरेको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत श्यामकिशोर कुर्मीले बताए ।

 


सुनाखरी कृषि सहकारी संस्थाकी अध्यक्ष सरस्वती भट्टराईका अनुसार गहुँ ब्लक क्षेत्रमा गहुँ खेती गरेका किसानलाई सिँचाइका लागि सहज होस् भनी कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा ५० प्रतिशत अनुदानमा स्प्रे ट्यांकी वितरण गरिएको बताए । ४ हजार ४ सय रुपैयाँमा खरिद गरिएको स्प्रे ट्यांकी किसानलाई २ हजार २ सयमा वितरण गरिएको उनको भनाइ छ ।

 


बाली वृद्धि विकासका लागि २५ लाख रुपैयाँ बजेट आएकाले त्यसैबाट बिभिन्न कार्यक्रम आयोजना गरी किसानलाई सेवा दिइरहेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादले बताए ।

 

कार्यालयले सिँचाइका लागि मोटर, विभिन्न बालीका बिउबिजनलगायत कृषिमा आवश्यक पर्ने विभिन्न खाले उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा वितरण गर्दै आएको उनले जानकारी दिए ।