close

तरकारीजन्य बस्तुको आयात ३० प्रतिशतले घटाइने

तरकारीजन्य बस्तुको आयात ३० प्रतिशतले घटाइने

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले कृषि तथा कृषिजन्य बस्तुको आयात आगामी वर्ष ३० प्रतिशतले कम गरिने जनाएको छ ऽ 

 

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै उनले भने 'आधारभूत कृषि क्षेत्र धान, गहुँ, मकै तरकारी, फलफूलको आयात आगामी वर्ष ३० न्यूनतम ३० प्रतिशतले कमी गर्ने । आगमी वर्ष निर्यात दोब्बर गर्ने । आयात २० प्रतिशतले घटाउने र आगामी पाँच वर्षभित्र व्यापास सन्तुलन कायम गर्ने।'

 

आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन् ।  अहिले संसदमा आर्थिक वर्ष ०७९/०८० को बजेट भाषण जारी छ ।