close

अनुदानमा बीऊ वितरण गर्दै चाँगुनारायण नगरपालिका

अनुदानमा बीऊ वितरण गर्दै चाँगुनारायण नगरपालिका

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले अनुदानमा बीऊ तथा बिरुवा लिनको लागि नगरभित्रका कृषक समूहलाई अनुरोध गरेको छ । पालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा गहुँको बीऊ र ७५ प्रतिशत अनुदानमा फलफूलको बिरुवा लिनको अनुरोध गरेको हो । 

नगरपालिकाभित्र सञ्चालनमा रहेका इच्छुक कृषक, कृषि समूह तथा सहकारीले पालिकामा आवदेन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् असोज २ गतेभित्र आवश्यक कागजातसहित पालिकाको कृषि शाखामा निवेदन दिन सक्ने छ । 

सूचना अनुसार ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीऊ डब्लुके १२०४ र ७५ प्रतिशत अनुदानमा बाह्रमासे कागती, एवोकाडा कल्मि, सुनकागती, स्याउ र अम्बा वितरण हुने पालिकाले जनाएको छ । 

आवेदक व्यक्ति तथा संस्थाले निवेदन, सहकारीको नविकरण भएको प्रमाणपत्र, बैठकको निर्णय, वडा कार्यालयको सिफारिस र लेखापरीक्षण सहित शाखामा निवेदन दिनुपर्नेछ । म्याद नाघेमा वा रित नपुगेमा निवेदन स्वीकृत नहुने कृषि शाखाले जनाएको छ ।