close

कुश्मामा रैथाने वाली खाजा घर

कुश्मामा रैथाने वाली खाजा घर

Trulli
ADVERTISEMENT

पर्वत । कुश्मा नगरपालिकाले  रैथाने वाली खाजा घर कार्यक्रम  सम्पन्न भएको छ । नगरपालिकाको कृषि विकास शाखा र उद्योग वाणिज्य संघको आर्थिक सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । 

कृषि जैविक विविधता वर्ष २०७९ लाई भव्य रूपमा मनाउनको लागि सो कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । रैथाने  बाली प्रर्वद्धन कार्यक्रममार्फत आम मानिसहरूलाई रैथाने वाली चिनाउने हेतुले  ७ औं पर्वत महोत्सवको  अवसरमा सो कार्यक्रम गरिएको जनाइएको छ  ।

 कार्यक्रममा स्थानीय क्षेत्रमा पाइने कृषि सामग्रीको विभिन्न परिकार प्रदर्शनी गरिएको नगरपालिकाले जनाएको छ । पछिल्लो समय स्थानीय खाजा हराउँदै गएका रैथाने वालीको संरक्षण गर्नु पालिकाको दायित्व रहेको कृषि शाखाले जनाएको छ ।