close

उपमहानगरद्वारा किसानलाई मकैको वीउ वितरण

उपमहानगरद्वारा किसानलाई मकैको वीउ वितरण

Trulli
ADVERTISEMENT

रुपन्देही  । बुटवल उपमहानगरपालिकाले किसानलाई मकैको वीउ वितरण गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर १५ का ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको हो ।

बुटवल १५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं १५ ले अरुण २, रामपूर कम्पोजिट र रामपुर हाइब्रीड जातको मकैको बीउ वितरण गरिएको  उपमहानगरपालिकाले जनाएको छ । 

बुटवल १५ का अध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले किसानहरुलाई बीउ वितरण गर्नुभयो । बीउ वितरण गर्दै उहाँले मकै उत्पादनमा अब्बल बन्न किसानहरुलाई आग्रह गरे ।

उनले बुटवलको पश्चिमी क्षेत्रलाई कृषिमा अब्बल बनाउने गरी लाग्न किसानलाई आग्रह गरे । उनले बुटवललाई कृषिमा अगाडि बढाउँदै आत्मनिर्भर बनाउने गरी काम गर्ने किसानलाई उपमहानगरपालिकाले साथ दिने बताए ।