close

रैथानी बाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै खाँदबारी

रैथानी बाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै खाँदबारी

Trulli
ADVERTISEMENT

संखुवासभा । खाँदबारी नगरपालिकाले प्रस्ताव माग गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्रस्ताव माग गर्न अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत रैथाने बाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत अनुदानमा सामान वितरण गर्न लागेको हो । नगरपालिकाले मेशिनरी तथा उपकरण, कोशेली घर सञ्चालन, गड्यौला कम्पोष्ट मल, होमस्टेमार्फत रैथानी बाली तथा प्रर्वद्धन र मागमा आधारित कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा सो सामग्री वितरण गर्ने जनाइएको छ । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था, समूहले सूचना प्रकासित भएको १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।