close

कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै तामाकोशी

कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्दै तामाकोशी

Trulli
ADVERTISEMENT

दाेलखा। तामाकोशी गाउँपालिकाले कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप कृषि प्रर्वद्धन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको २१ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । 

गाउँपालिकाको अनुसार पालिकाले केरा, अमिलो, मेवा तथा टिमुर उत्पादनको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम अन्तर्गत न्यूनतम ५ रोपनी क्षेत्रफलमा कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।