close

कोदो बाली संरक्षण गर्दै वैतेश्वर

कोदो बाली संरक्षण गर्दै वैतेश्वर

Trulli
ADVERTISEMENT

दोलखा । वैतेश्वर गाउँपालिकाले कोदो बाली संरक्षण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै रैथानी बाली अन्तर्गत कोदाबालीको संरक्षण गर्न लागेको हो । 

पालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गर्न  लागेको हो । सूचना अनुसार गाउँपालिकाले ९० प्रतिशत अनुदानमा कोदोको वीउ वितरण गर्ने जनाएको छ । 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, कृषक तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।