close

कृषकका बारीकाे माटाे परिक्षण गर्दै चाँगुनारायण सरकार

कृषकका बारीकाे माटाे परिक्षण गर्दै चाँगुनारायण सरकार

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकाले माटो परिक्षण तथा आकस्मिक बाली उपचार शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्न लागेकाे जनाएको हो । 

सूचना अनुसार चालू आर्थिक वर्षमा प्रदेश सरकारको कार्यक्रम अनुसार सो शिविर सञ्चालन गर्न लागेको हो । नगरपालिकाले वडा नम्बर ८ सुडाल र वडा नम्बर ९ ताथलीका कृषकका बारीलाई लक्षित गरी सो शिविर सञ्चालन गर्न लागेको जनाइएको छ । 

शिविर जेठ ९ गते सञ्चालन हुने सूचनामा उल्लेख गरिएकाे छ । शिविरमा बाली विरुवामा देखा परेको रोग किरा भएको बाली विरुवा संकलन गरी कृषि सेवा केन्द्र ताथलीमा  हुने जनाइएको छ । शिविरमा माटोका अम्लीयपनको पहिचान गरी जैविक विषादी वितरण गरिने जनाइएको छ । 

शिविरमा सहभागी हुने कृषकले माटो र माटोको आवश्यक  विवरणसहित सहभागी हुन सक्ने जनाइएको छ ।