close

साँगुरीगढीमा धान दिवस मनाइयो

साँगुरीगढीमा धान दिवस मनाइयो

Trulli
ADVERTISEMENT

धनकुटा। साँगुरीगढी गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको छ। दिवसका अवसरमा गाउँपालिकाले हिलोमा महिला र पुरुष छुट्टाछुट्टै दौड प्रतियोगिता र खेतमा धान रोपाई पछि दही चिउरा खाएर मनाइएको हो। साँगुरीगढी गाउँपालिका–१ कुशे टारमा ‘कृषि नै जीवनको मुल आधार, जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि’ भन्ने नाराका साथ धान दिवस मनाइएको थियो। 

धान रोपाई र पुरुष दौड प्रतियोगितामा गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई पनि सहभागी भएका थिए। उनले देशमा खाद्यान्नमा परनिर्भरता बढदै गएको प्रति चिन्ता व्यक्त गर्दै देशको श्रम शक्ति विदेशिएका र मल सिँचाईको असुविधाले धान लगायतका अन्न बालीहरूको उत्पादनमा ह्रास आउदै गएकोले बेलैमा सचेत हुनुपर्ने बताए। उनले परम्परागत खेतीलाई त्यागेर आधुनिक तरिकाबाट खेती गरेर उत्पादन बढाउनु पर्ने बताए। 

यसैबीच धान दिवस मनाइरहँदा धनकुटा जिल्लामा हालसम्म ५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार धनकुटामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ३ सय ९७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । खडेरीको कारणले यो पटक असार १५ गतेसम्म आइपुग्दा पनि कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी सुरज खनालले जानकारी दिए।