close

एक करोड लागतमा गौशाला

एक करोड लागतमा गौशाला

Trulli
ADVERTISEMENT

धनुषा ।  जनकपुरधाम उपमहानगरपालिकाको अव्यवस्थित पशुहरूको हेरचाहका लागि जनकपुरमा गौशाला निर्माण गर्ने भएको छ ।

छाडा चौपाया व्यवस्थापन गर्न जनकपुरधाम-१२ स्थित राजदेवी मन्दिर नजिक उपमहानगरपालिकाले एक करोडको लागतमा गौशाला निमार्ण गर्न लागेको हो । उपमहानगरपालिका प्रमुख मनोजकुमार साहका अनुसार छाडा चौपायालाई  स्थायी  रूपमा  व्यवस्थापन गर्नका लागि सो गौशाला निर्माण गर्न लागिएको हो ।

करिब १० कट्ठामा निर्माण हुने सो गौशालामा ५० वटा चौपाया अट्ने क्षमताको हुनेछ । ६ महिनाभित्र नै सकिने गरी काम सम्पन्न हुने उपमहानगरपालिकाले जनाएको छ ।