close

कुकुरको सूचीकरण गर्न ४ लाख विनियोजन

कुकुरको सूचीकरण गर्न ४ लाख विनियोजन

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले कुकुरहरूको सूचीकरण गर्ने भएको छ । पालिकाले नगरभित्र रहेका सामुदायिक तथा घरमा पालेका कुकुरहरूको सूचीकण गर्न लागेको हो ।

पालिकाभित्रका कुकुरलाई व्यवस्थापन गर्नको लागि सो कार्यक्रम ल्याएको पालिकाले जनाएको छ । महानगरको पशु सेवा शाखाका प्रमुख अमर रायका अनुसार सडकका कुकुरको हक तथा अधिकार संरक्षण्न गर्नको लागि पालिकाले सो कार्यक्रम ल्याएको हो । 

उनले वडा नम्बर ४ बाट सो कार्यक्रम सुरु गर्न लागेको बताए । हामीले नमुनाको रुपमा सो वडाबाट सुरु गर्न लागेका हौँ, कार्यक्रम प्रभावकारी भयो भने अरू वडामा पनि बिस्तार गर्ने छौँ, उनले भने । 

त्यसको लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सूचीकरण गर्दा कुकुरको परिचय खुल्ने उनले बताए । यसो गरे भुस्याहा अर्थात् सामुदायिक कुकुरहरुको पनि संरक्षण हुने उनको भनाइ छ ।