close

सामुदायिक कुकुरहरुको २ दिने निःशुल्क बन्ध्याकरण शिविर

सामुदायिक कुकुरहरुको २ दिने निःशुल्क बन्ध्याकरण शिविर

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकामा सामुदायिक कुकुरहरुकाे नि:शुल्क बन्ध्याकरण शिविर कार्यक्रम सुरु गरिएकाे छ । नगरपालिकाकाे आयोजनामा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, ललितपुरको प्राविधिक सहयोगमा रेबिज रोग नियन्त्रणका लागि २ दिने शिविर सुरु भएकाे हाे । 

नगरपालिकाकाे अनुसार सामुदायिक कुकुरहरुको निःशुल्क बन्ध्याकरण शिविर कार्यक्रम वडा नं ३ का वडाध्यक्ष एवम् भक्तपुर नपा कृषि समितिका संयोजक राजकृष्ण गोराको प्रमुख आतिथ्यमा सुरुवात गरिएकाे हाे । 

 प्रमुख अतिथि गोराले सामुदायिक कुकुरहरुको वृद्धिले रेबिज रोगलगायत अन्य विभिन्न समस्याहरु देखा परेको र यो बन्ध्याकरण कार्यक्रमले कुकुरहरुको संख्या वृद्धिमा न्युनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।


 कार्यक्रममा अतिथि भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ललितपुरको प्रमुख डाक्टर रामप्रकाश प्रधानले रेबिज रोग र यस रोगलाई नियन्त्रण गर्न तीनै तहको सरकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउनुको साथै रेबिज रोगलाई नियनत्रण गर्न भविष्यमा स्थानीय सरकारबाट कार्यक्रम तर्जुमा र प्रभावकारी कार्यान्वयनको बारेमा प्रष्ट पारे ।