close

लम्कि स्किन डिजिज नियन्त्रणका लागि औषधि प्रयोग गर्दै माइजोगमाई

लम्कि स्किन डिजिज नियन्त्रणका लागि औषधि प्रयोग गर्दै माइजोगमाई

Trulli
ADVERTISEMENT

इलाम । माइजोगमाई गाउँपालिकाले लम्कि स्किन डिजिजको नियन्त्रणको लागि बजेट विनियोजन गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले लम्कि स्किन डिजिज रोगको नियन्त्रणको लागि बजेट विनियोजन गरेको हो । 

गाउँपालिकाको अनुसार १९औ कार्यपालिका बैठकबाट  ३ लाख १०००० र   २०औ कार्यपालिका बैठकले ११ लाख ९०००० गरी जम्मा  पन्ध्र लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । 

गाउँपालिकाको अनुसार  विनियोजित रकमबाट २/३ दिन भित्रमा सबै वडाहरुमा संक्रमण भएका पशुहरुलाई ३ साईकलमा औषधि प्रयोग गर्ने भन्ने निर्णय भएको  जनाइएको छ । 

लम्कि स्किन डिजिज नियन्त्रणका लागि २०औ कार्यपालिका बैठकमा प्रकट भएका विचारहरुः
१, अन्य पालिका र संस्थाबाट हाल प्रयोग भएको भ्याक्सिन कुनै पनि आधिकारीक निकायबाट प्रमाणीत नभएको हुनाले सो भ्याक्सिन लाउन र नलाउनु एकै हुने जिल्ला भेटेनरीका पशु विज्ञको सुझाव प्राप्त भएको । 
२,  माईजोगमाई गाउँपालिकाले यस अघि १९औ कार्यपालिका बाट रु ३१०००० विनियोजन भई हाल सो औषधि सर्वसाधरणमा माझ पुगि रहेको भन्ने कार्यपालिका बैठकमा छलफल भएको छ । 
३, आवश्यक सहयोग र उपचारको लागि अन्य पशु सेवा अन्तर्गतका माईजोगमाई गाउँपालिका भित्रका प्राविधिकहरुलाई आवश्यक छलफल गरी उक्त कार्यमा संलग्न हुन अनुरोध गराउने भन्ने निर्णय भएको छ । 
४, लम्कि स्किन डिजिजको बारेमा जिल्ला भेटेनेरीका डाक्टर  सँग गाउँपालिका अध्यक्ष ले सम्पूर्ण जानकारी कार्यपालिका बैठकको बिचमा फोन मार्फत लिई माथि उल्लेखित निर्णयहरु गरीएको छ।