close

प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदान

प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

तनहुँ - भानु नगरपालिकाले दूधमा प्रोत्साहन रकम दिने भएको छ । नगरपालिकाले स्थानीय कृषकलाई प्रोत्साहित गर्नको लागि प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदान दिन लागेको हो । 

नगरपालिकाका पशु विकास शाखाका प्रमुख अमित ढुंगानाका अनुसार दूध उत्पादन गर्ने सहकारी संस्थालाई अनुदान रकम वितरण गर्न लागेको हो । सहकारीमार्फत स्थानीय कृषकलाई सो रकम वितरण उनले पालिकाखबरलाई जानकारी दिए । 

उनका अनुसार नगरपालिकाभित्र ३ वटा सहकारीले दैनिक ९०० देखि १००० लिटरसम्म दूध उत्पादन गर्दै आएको छ । उत्पादित दूध डिडिसी र सफल डेरीले संकलन गर्ने उनले सुनाए । 

दूध संकलनका लागि नगरपालिकाले स्थानीय सहकारीसँग ५० प्रतिशत साझेदारी गरी चिस्यान केन्द्र निर्माण गर्ने उनले बताए । नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट कृषकलाई सम्मान गर्ने योजना बनाएको बताए ।