close

एउटै गाउँपालिकाभित्र २२ सय मुर्रा भैँसी

एउटै गाउँपालिकाभित्र २२ सय मुर्रा भैँसी

Trulli
ADVERTISEMENT

सुर्खेत- उत्पादनमा प्रोत्साहन कार्यक्रममार्फत चिङ्गाड गाउँपालिकाले पशुपालनमा आत्मनिर्भर किसानलाई मुर्रा भैँसी खरिदमा ५० प्रतिशत अनुदान दिन थालेका छन् । 

गाउँपालिका ८५ प्रतिशत किसान कृषि र पशुपालनमा आत्मनिर्भर रहेका कारण उत्पादनमा प्रोत्साहन कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष बोध विक्रम जि.सीले पालिका खबरलाई बताए । साथै गाउँपालिकाले दूध बिक्रीमा समेत प्रतिलिटर ५ रुपैयाँ प्रोत्साहन रकम दिइरहेको छ । दूध उत्पादन वृद्धिका लागि सामूहिक पशुपालनलाई पनि प्राथमिकतामा दिई तालिमसँगै अनुदानको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको पशु शाखा प्रमुख शेर बहादुर रानाका अनुसार गत आर्थिक वर्षमा किसानले ७ वटा मुर्रा खरिद गर्दा ५० प्रतिशत अनुदान रकम लिएका छन् । हाल गाउँपालिकाभर दुई हजार २०० वटा मुर्रा भैँसी रहेका गाउँपालिको जनाएको छ । 

गाउँपालिकामा उत्पादित दूधको मुख्य बजार विरेन्द्रनगर हो । अहिले गाउँपालिकाले सहकारीमार्फत दैनिक १ हजार ५०० लिटर दूध निर्यात गर्दै आएको गाउँपालिकाका शाखाका प्रमुख रानाले पालिका खबरलाई बताए ।