close

खसी बोकाबाट नगरपालिकामा भित्रियो साढे दुई करोड

खसी बोकाबाट नगरपालिकामा भित्रियो साढे दुई करोड

Trulli
ADVERTISEMENT

सर्लाही - ईश्वरपुर नगरपालिकाले बाख्रापालनबाटै बार्षिक साढे दुई करोड रुपैँया भित्र्याउँदै आएको छ । नगरपालिका भित्रका पशुपालक कृषकमार्फत बोका तथा खसी बेचेर सो रकम भित्र्याउँदै आएको हो । 

नगरपालिकाको पशु सेवा शाखाका प्रदिपकुमार कार्कीका अनुसार पालिकाभित्र करिब ३० हजार स्थानीय बासिन्दाले पशुपालन गर्दै आएका छन् । नगरपालिकाभित्र करिब ४० देखि ४२ हजार वटा बाख्रापालन गरिएको उनले पालिकाखबरलाई बताए । उनले नगरपालिकाबाट बार्षिक २५ देखि ३० हजार वटा खसी तथा बोका वितरण हुँदै आएको बताए ।

बाख्रा पालनमा आकर्षण बढाउनका लागि नगरपालिकाले गत आर्थिक वर्षमा 'बाख्रा पकेट' कार्यक्रम सञ्चालन गरिएको उनले बताए । तर बजेट अभावले चालु आवमा सो कार्यक्रम सञ्चालन नहुने उनको भनाइ छ ।

बाख्रा पालनमा आकर्षण भए पनि चरण क्षेत्र तथा घाँसको अभाव हुने उनले बताए । सो समस्या समाधानको लागि नगरपालिकाले अनुदानमा घाँसको वीउ वितरण गरिने उनले बताए ।